ग्लोवल नेपालीज कराते अर्गनाईजेसनद्धारा बडिगाड डोजोलाई खेल सामाग्री हस्तान्तरण

Home / News

ग्लोवल नेपालीज कराते अर्गनाईजेसनद्धारा बडिगाड डोजोलाई खेल सामाग्री हस्तान्तरण

Posted Date : 2023 Mar, 30

ग्लोवल नेपालीज कराते अर्गनाईजेसनद्धारा बडिगाड डोजोलाई खेल सामाग्री हस्तान्तरण

बडिगाड: ग्लोबल नेपालीज कराते अर्गनाईजेसनले बागलुङको बडिगाड गाउँपालिकामा अवस्थित बडिगाड डोजोलाई खेलकुद सामाग्री हस्तान्तरण गरेको छ । आज (सोमबार) काठमाण्डौ स्थित चन्द्रागिरि बेशिक सितोरियो करातेको हलमा एक बिशेष कार्यक्रम गरि अर्गनाईजेसनले डोजोलाई खेल सामाग्री हस्तान्तरण गरेको हो।

सामाग्री हस्तान्तरण कार्यक्रममा चन्द्रागिरि डोजोका अध्यक्ष सङ्करत्न महर्जनले खेलकुदमा लाग्ने खेलाडि, प्रशिक्षकहरुलाई बिदेशमा बसेर पनि खेलकुदलाई माया गरि गर्नुभएको सहयोगले खेलाडीहरुलाई थप टेवा पुग्ने बताउनुभयो ।  कार्यक्रममा बोल्दै ग्लोवल नेपालीज कराते अर्गनाईजेसन नेपालका प्रतिनिधि सुरेन्द्रलाल भेलेले डोजोले गरेको खेलकुड गतिबिधीको तारिफ  गर्दै आगामी दिनहरुमा पनि खेलकुदमा निरन्तर लाग्ने डोजोहरुलाई छनोट गरि अन्य सामाग्रिहरु प्रदान गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

उक्त कार्यक्रममा पुर्व कराते चिफ हिरा सिङ डङ्गोल, कराते प्रशिक्षक राम सिङ ठकुरी लगायत अन्य बिशिस्ट व्यक्तिहरुले धन्यबाद ज्ञापन गर्नु भएको थियो ।  सामाग्रि हस्तान्तरण पछि बडिगाड डोजोका प्रमुख प्रशिक्षक राजन कुमार पाईजाले ग्लोबल नेपालीज कराते अर्गनाईजेसनलाई खेल र खेलाडिहरु प्रति देखाउनु भएको सहयोगले आफुमा अझ हौसला प्रदान भएको बताउदै धन्यबाद व्यक्त गर्नु भएको छ।

कार्यक्रममा चन्द्रागिरि डोजोका अध्यक्ष सङ्करत्न महर्जनको अध्यक्षता प्रशिक्षक वीर कृष्ण शाहिको सञ्चालन तथा चन्द्रागिरि नगरपालिका वडा नं ९ का अध्यक्ष  अच्युत अधिकारिले कार्यक्रमको समापन गर्नुभएको थियो । 

FACEBOOK
keep in touch
GLOBAL NEPALESE KARATE ORGANISATION Canada Phone : 6478887137 Email : info@gnko.org, surendrakarate@hotmail.com, sudhir_newa@hotmail.com