
विश्वब्यापी नेपाली कराते संगठनको प्रथम बार्षिक साधारणसभा थानेश्वर राईको प्रमुख आतिथ्यमा सम्पन्न विश्वब्यापी नेपाली कराते संगठनको प्रथम बार्षिक साधारणसभा थानेश्वर राईको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । भौतिक रुपमा उपस्थिति नभई स्काइप मार्फत उक्त सभा सम्पन्न भएको हो ।
नेपालबाट आफ्नो सफल भविष्य कल्पना गर्दै बिदेशिएर विश्वका विभिन्न भूगोलमा छरिएर रहेका करातेका वरिष्ठ खेलाडी प्रशिक्षक निर्णायकहरुलाई एकढिक्का गर्दै नेपालका पिछडिएका र अवसरबाट बन्चित रहेका हिमाल देखि तराई सम्मका खेलाडीहरुको उत्थान प्रबर्धन गर्ने उदेश्य सहित गठन गरिएको विश्वब्यापी नेपाली कराते संगठनको प्रथम बार्षिक साधारणसभा संगठनका प्रमुख सल्लाहकार नेपाल करातेका जन्मदाता कराते भिष्मपितामा थानेश्वर राईको प्रमुख आतिथ्यमा गत फेब्रुअरी १८ का दिन सम्पन्न भयो ।
नेपालका पूर्व अन्तराष्ट्रिय खेलाडी एबम संगठनका अध्यक्ष सुरेन्द्र लाल श्रेष्ठले उक्त प्रथम बार्षिक साधारणको सभापतित्व गर्नु भएको थियो l उक्त कार्यक्रममा संगठनका संस्थापक एवम् पूर्व अन्तर्राष्ट्रिय वरिष्ठ खेलाडी हाल जापान निवासी राजपाल कर्माचार्यले कार्यक्रममा स्वागत मन्तब्य ब्यक्त गर्दै संस्थालाई सबैले मिलेर अगाडी बढाउनु पर्ने कुरामा जोड दिनुभएको थियो l
नेपाल सरकारको लामो अनुभव बोकेका विश्व नेवा संगठनका उपाध्यक्ष विमलमान श्रेष्ठ साथै क्यानाडाका सिपीए संगठनका मानार्थ सदस्य प्रकाश बहादुर सिंहको समेत उपस्थिति रहेको थियो उक्त अवशरमा मानार्थ सल्लाहकार द्वयले शुभकामना दिनु भएको थियो l
कार्यक्रममा बोल्दै आदरणीय गुरु थानेश्वर राई , हेम बहादुर पुन ,आनन्दु थिङ्ग गुरुहरुले एकता नै संगठनको शक्ति भएकोले सधै एकताबद्ध भएर अगाढी बढे संगठनको उदेश्य प्राप्त गर्न सकिने साथै संस्थालाई आर्थिक भौतिक रुपमा बलियो बनाउन नेपालमा सचिवालय र विभिन्न राज्यहरुमा च्याप्टर खोल्नुपर्ने सुझाव गुरु आनन्दु थिङ्गले ब्यक्त गर्दै संगठनको सफल भविष्यको कामना समेत गर्नु भएको थियो l

करातेका बरिष्ठ गुरु सुरेश बैद्यले मन्तब्य ब्यक्त गर्दै सधै सहयोग र साथ् सहित शुभकामना रहेको बताउनु भएको थियो l
देउराली क्लबका संस्थापक बरिष्ठ प्रशिक्षक गुरु सुधिर नाथ नेवाले वेबसाइट सम्बन्धित प्राबिधिक पक्षका बारेमा प्रकाश पार्नु भएको थियो भने पुर्व राष्ट्रिय खेलाडी निर्मल सेडाईलाई संगठनको वेबसाइट बनाइ सहयोग गरे बापत र सीपीए प्रकाश बहादुर सिंहलाई संस्था दर्ता प्रक्रिया लगाएत हाल सम्मको आर्थिक पक्ष व्यवस्थापनका लागि बिशेष धन्यबाद ब्यक्त गरिएको थियो ।
कार्यक्रममा विभिन्न उपस्थित बक्ताहरुले शुभकामना कामना मन्तब्य राख्नु भएको थियो संगठनका कोषाधक्ष पूर्व अन्तराष्ट्रिय खेलाडी सुनिता महर्जन श्रेष्ठले गत वर्षको आय तथा व्यय बिवरण प्रस्तुत गर्नुभएको थियो भने उक्त आर्थिक बिवरणलाई सर्वसम्मतिले पास गरिएको थियो l
पुर्व अन्तराष्ट्रिय खेलाडी एबम संगठनका उपाध्यक्ष रामेश्वर श्रेष्ठले संगठनको प्रगतिका लागि सधै साथ् रहने भन्दै सफलताको शुभकामना ब्यक्त गर्नु भएको थियो l कार्यक्रमा उठेका प्रश्नहरुको उत्तर साथै एकता नै बल हो भन्ने कुरालाई मुलमन्त्र बनाएर संगै हिंडे संगठनको उदेश्य प्राप्त हुन्छ भन्ने कुरा संगठनका महासचिब बरिष्ठ रेफ्री प्रशिक्षक सरोज भट्टराईले ब्यक्त गर्नु भएको थियो ।
मन्तब्य राख्दै कार्यक्रमका उद्घोषक पुर्व अन्तर्राष्ट्रिय खेलाडी एवं संगठनका सचिब मुकेश बरुवालले संगठनको उदेश्य प्राप्तिमा सधै साथ् सहयोगको बाचा गर्दै अन्त्यमा कार्यक्रमका सभापति सुरेन्द्र लाल श्रेष्ठले आफ्नो मन्तब्य मार्फत उपस्थित सबै महानुभावहरुमा सफलतापूर्वक कार्यक्रम सम्पन्न गरेबापत धन्यबाद ब्यक्त गर्दै कार्यक्रम समापन भएको घोषणा गर्नुभएको थियो l