ट्रान्सअमेरिकन
एसोसिएसन अफ शितोरियो कराते डो अमेरिका
(TASK) र ग्लोबल नेपालीज कराते अर्गनैजेसन (GNKO) को समन्वयमा अमेरिकाको पेन्सिलभेनिया राज्यको
पिटसबर्ग सहरमा ( TASK Honbu dojo Pittsburgh PA ) मा ६ दिने कराते खेल कार्यक्रम भव्यताका
साथ् सम्पन्न भयो l
उक्त कार्यक्रममा
GNKO एबम TASK का सहभागीहरुले जापानिज गुरु स्वर्गीय हिरोमासा तानाकाका उत्तराधिकारी
सेन्सेइ केंजिरो ओएडाबाट करातेका परम्परागत कला एबम काता सम्बन्धित प्रशिक्षण
लिएका थिए l
६ तारिखका
दिन TASK का खेलाडी भाई बहिनिहरुलाई गुरु केंजिरो ओयडाको निर्देशनमा बरिष्ठ प्रशिक्षक सुधिर नाथ नेवाले काता प्रशिक्षण
दिनु भएको थियो भने उक्त प्रशिक्षण पश्चात रेफ्री तालिमको आयोजना गरिएको थियो , उक्त
दिन ६ घन्टे लामो रेफ्री तालिमको संचालन नेपाल करातेका पुर्व प्राबिधिक सदस्य , नेपाल
रेफ्री काउन्सिलका सदस्य , चिफ राष्ट्रिय रेफ्री
प्रशिक्षक , अमेरिकी कराते महासंघका क श्रेणीका राष्ट्रिय रेफ्री एबम विश्व कराते कन्फेडेरेसन
रेफ्री , सन् २००० देखि राष्ट्रिय कराते रेफ्री प्रशिक्षक सरोज भट्टराईले गरेका थिए
l
कार्यक्रममा
TASK एबम GNKO का उल्लेख्य निर्णायकहरुको सहभागिता रहेको थियो l
७ तारिखका
दिन कराते प्रतियोगिता आयोजना गरिएको थियो , प्रतियोगितामा जापान, क्यानाडा र अमेरिकाको
पेन्सलभेनिया राज्यका विभिन्न कराते स्कुलका
करिब १०० जना खेलाडीहरुको सहभागिता रहेकोथियो , प्रतियोगिताको निर्णायक एबम
खेल व्यवस्थापनमा (प्रमुख रेफ्री तातामी मेनेजर
) सरोज भट्टराईको भूमिका प्रशंसनीय रहेकोथियो भने प्रतियोगिता संचालनमा TASKका निर्णायकहरुले सफलता पुर्वक खेल सम्पन्न
गर्न अहम भूमिका खेलेका थिए l बिजयी खेलाडीहरुलाई
जापानिज गुरु केंजिरो,नेपाल शितोरियु करातेका जन्मदाता गुरु थानेश्वर राईले पदक तथा प्रमाणपत्र वितरण गर्नु
भएको थियो l
८ तारिखका
दिन गुरु केंजिरो ओएडाले बिशेष तालिम सहित
काता , कुमिते प्रशिक्षण गराउदै ९ तारिखका दिन विधिवत बेल्ट प्रमोसन परिक्षा लिनु भएको
थियो , परिक्षामा १ डान देखि ६ डानका लागि
१५ जना गुरुहरुको सहभागिता रहेको थियो जसमा
आनन्दु लामा, सुधिर नाथ नेवा,सुरेन्द्र लाल श्रेष्ठ, सरोज भट्टराई , टि आर राई , टिलाचन
धिमाल , अशोक गुरुङ , पूर्ण सिंह तामांग , भिम थापा यधु कुइकेल , एमबी राई , श थापा
, उपेन्द्र कुइकेल र सुनिल महर्जन सहभागी रहेका थिए l
९ तारिखका
दिन कार्यक्रम समापन समारोहमा TASK एबम GNKO द्वारा कराते खेलमा अतुलनिय योगदान पुर्याएका
नेपाल करातेका जन्मदाता थानेश्वर राई , जापानिज कराते गुरु केंजिरो ओएडा , GNKOका केन्द्रिय
सल्लाहाकार प्रकाश बहादुर सिंह , आइ टि सल्लाहाकार निर्मल सेडाई एबम कार्यक्रम प्रायोजक
समाजसेवी मेग सुबेदी ज्यु लाइ GNKO अधक्ष वोर्ल्ड शितोरियो कराते प्रतियोगिताका पदक बिजेता सुरेन्द्र लाल श्रेष्ठ महासचिब सरोज भट्टराई र
TASKका संस्थापक तथा प्रमुख प्रशिक्षक कार्यक्रम आयोजक कमिटिका अधक्ष टि आर राई लगाएतले
दोसल्ला ओडाई सम्मान तथा कदरपत्र प्रदान गर्नु
भएको थियो l
अधक्ष सुरेन्द्र लाल श्रेष्ठले आफ्नो बेक्तिगत तथा सम्पूर्ण
GNKOका सदस्यपरिवार लगाएतका तर्फबाट TASKका संस्थापक तथा प्रमुख प्रशिक्षक कार्यक्रम
आयोजक कमिटिका अधक्ष टि आर राईका साथै सम्पूर्ण आयोजक कमिटिका सदस्यहरु सहयोगी साथीहरुलाई
तथा उपश्थित बुद्धिजीवीहरुलाई धन्यबाद दिनुभएको थियो ।TASK र GNKO मिलेर यो प्रथम पटक भब्यताका
साथ सम्पन्न गरेको कार्यक्रममा GNKO अधक्ष सुरेन्द्र लाल श्रेष्ठले भने "बिश्वास का साथ भन्न चाहन्छु कि यो भन्दा अझै राम्रो भबिश्यमा
हुनेछ र सबै पुराना बिदेश मा रहेका
खेलाडी हरु लाई समेतेर एक धिक्का बनाइ अगाडि बधाउने मा GNKO को धेरै भुमिका
छ" र भबिश्य मा राम्रो होस भनी शुभकामना तथा धन्यवाद को मन्तव्य
दिनु भयको थियोे ।
नेपाल करातेका पुर्व महासचिब एबम केन्द्रिय ब्ल्याक
बेल्ट प्रशिक्षक कमिटिका अधक्ष बिशिष्ठ प्रशिक्षक आनन्दु लामाले GNKO र TASK को त्यस पहिलो कार्यक्रमलाइ पूर्ण सफल भएको
भन्दै त्यस कार्यक्रमका आयोजक TASK का सम्पूर्ण सदस्यहरुलाई धन्यबाद दिनुभएको थियो
।
अन्त्यमा कार्यक्रमका सभापति ट्रान्स अमेरिकन शितोरियु कराते एसोसिएसन अफ अमेरिकाका ( TASK Honbu dojo
Pittsburgh PA ) का संस्थापक तथा प्रमुख प्रशिक्षक टि आर राईले धन्यबाद ब्यक्त गरि
कार्यक्रम समापनको घोसणा गर्नु भएका थिए भने अन्तिम दिन १० तारिख का दिन विभिन्न सांस्कृतिक
नांच गान सहित बनभोज तथा बिदाइ कार्यक्रम
आयोजना गरि आगन्तुक गुरुहरुलाई बिदाइ गर्दै विधिवत रुपमा कार्यक्रमको समापन गरिएको
थियो l