थाइल्यान्ड ओपन करातेमा बिजेता खेलाडी र प्रशिक्षक नगदसहित सम्मानित !

Home / News

थाइल्यान्ड ओपन करातेमा बिजेता खेलाडी र प्रशिक्षक नगदसहित सम्मानित !

Posted Date : 2022 Sep, 07

 थाइल्यान्डकाे फुकेटमा सम्पन्न अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपालका दुई खेलाडीले पदक हासिल गरेका छन् । थाइल्यान्डमा २१ वटा राष्ट्रका खेलाडीबीच भएकाे कराते प्रतियोगितामा नेपालका दुई खेलाडीले पदक पाएका हुन् ।

प्रतिस्पर्धामा नेपालका साइमन श्रेष्ठले ४५ केजी ताैल समूहमा स्वर्ण पदक र माेहम्मद सेखु आलमले ८४ केजी ताैल समूह मुनि कास्य पदक हासिल गरेका थिए ।

साेहि  सफलतालाई प्रशंसा गर्दै साेमबार भक्तपुरमा ग्लाेबल नेप्लिज कराते अर्गनाइजेसन र भादगाउँ स्पाेर्टस एण्ड लाउन्जले प्रशिक्षक सन्ताेष चाम्लिङसमेतलाई नगदसहित सम्मान गरेकाे छ ।सम्मान कार्यक्रममा साइमनलाई  २५०००,महम्मद  सेखु आलम लाई १००००,र प्रशिक्षक सन्तोष चाम्लिङ राईलाई १०००० नगद सहित सम्मान गरिएको थियो। इचंगु कराते डोजोको बिजेता  खेलाडि जेम्स स्कुल कक्षा ८ मा अध्यानरत छन् ।

सम्मान कार्यक्रममा नेपाल कराते महासघका पूर्व अध्यक्ष तथा केन्द्रीय ब्ल्याक बेल्ट कमिटीका अध्यक्ष र अन्तर्राष्ट्रिय रेफ्री, विशिष्ट प्रशिक्षक आनन्दु लामा, जिएनकेओका ग्लाेबल प्रतिनिधि तथा बिसलका संस्थापक सुरेन्द्र भेले, सिनियर खेलाडी तथा प्रशिक्षक मनाेज हाडा र राेशन प्रजापतिलगायतले पदकधारी खेलाडीलाई सम्मान गर्दै प्रतिभावान् खेलाडीलाई उचित स्थान नदिएकाे गुनासाे गरे ।

FACEBOOK
keep in touch
GLOBAL NEPALESE KARATE ORGANISATION Canada Phone : 6478887137 Email : info@gnko.org, surendrakarate@hotmail.com, sudhir_newa@hotmail.com